काठमाडौं । शुभम पावर लिमिटेडले पुस ६ गतेदेखि बुधबारदेखि साधारण शेयर (आईपीओ) निष्काशन खुला गर्ने भएको छ ।

श्रम स्वीकृति लिई विदेशमा कार्यरत नेपाली श्रमिकलाई ५८ हजार ५८ कित्ता आईपीओ निष्काशन गर्न लागेको बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटलले जनाएको छ । उक्त कम्पनीको आईपीओमा पुस २० गतेसम्म मात्र आवेदन दिन सकिने छ।

कम्पनीले आयोजना प्रभावित स्थानीयलाई यसअघिनै आईपीओ बिक्री गरिसकेको छ । श्रमिकलाई निष्काशन गरेको आईपीओ बाँडफाँड पछि सर्बसाधारणलाई आईपीओ निष्काशन गर्ने कम्पनीले जनाएको छ ।

कम्पनीले संखुवासभामा ९९० किलोवाटको तल्लो पिलुवा खोला जलविद्युत आयोजना निर्माण सम्पन्न गरी २०६८ साउन १ गतेबाट विद्युत उत्पादन गरिरहेको जनाएको छ ।