हेटौंडा । सामुदायिक कुकुरको दुई दिवसीय बन्ध्याकरण शिविर बुधबारबाट हेटौंडामा सुरु भएको छ । हेटौंडा उपमहानगरपालिका पशु सेवा शाखाको समन्वय तथा केन्द्रिय रिफरल पशु चिकित्सालय, त्रिपुरेश्वरको प्राविधिक सहयोगमा भेटेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र हेटौंडाले सामुदायिक कुकुरको बन्ध्याकरण शिविर सञ्चालन गरेको हो ।

हेटौंडा उपमहानगरपालिकाकी प्रमुख मिनाकुमारी लामाको प्रमुख आतिथ्यता तथा भेटेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र हेटौंडाका प्रमुख डा. बज्रकिशोर ठाकुरको सभाध्यक्षता बन्ध्याकरण शिविर सञ्चालन भएको हो ।

बन्ध्याकरण शिविर बुधबार र बिहिबार दुई दिन सञ्चालन हुने केन्द्रका प्रमुख ठाकुरले जानकारी दिए । बन्ध्याकरण शिविरमा २ सय वटा कुकुरको बन्ध्याकरण गर्ने लक्ष्य रहेको उनले बताए । बन्ध्याकरण शिविरमा केन्द्रिय रिफरल पशु चिकित्सालय, त्रिपुरेश्वरका प्रमुख डा. टंक प्रसाद प्रसाई, वरिष्ठ पशु चिकित्सक डा.अर्जुन अर्याल, डा.कमल अधिकारी लगायतको उपस्थिति रहेको थियो ।