हेटौंडा । हेटाैडा ७ नागस्वती खेल मैदानमा गत भाद्र १८ गते देखी २२ गते सम्म भएको प्रथम नागस्वती भेट्रान्स रनिङ शिल्ड एट ए साइड फुटबल प्रतियोगिताको आयव्यय सार्वजनिक गरीएको छ ।

क्लबले शुक्रबार आफनै कार्यालयमा पत्रकार सम्मेलन आयोजना गरेर आयव्यय सार्वजनिक गरेको हो । क्लबका अध्यक्ष सोमबहादुर तितुडको अध्यक्षतामा भएको कार्यक्रममा सचिव प्रदीप गौतमले कुल १९ लाख १५ हजार ९८८ आम्दानी र १९ लाख ९३ हजार ३५ रुपैयाको खर्च सार्वजनिक गरेका थिए ।

पहिलो पटक खेल आयोजना गर्दा विभिन्न समस्याहरु तथा दुख आई परेपनि आगामी दिनमा अझ राम्रो र स्तरीय खेल खेलाउन क्लब अग्रसर रहने अध्यक्ष तितुङले बताएका छन् । स्वास्थ्यका लागी खेलकुद भन्ने नारा लिएर प्रतियोगीता गरेतापनि युवा पुस्ताका खेलाडी उत्पादन गर्न पनि क्लब लागिपरेको उनले बताए ।

हाल सम्म उठेको रकमबाट खर्च गरीएको हुदाँ आयोजकको हिसाबमा घाटामा देखिएता पनि उठ्न बाँकी ७ लाख ९३ हजार रहेको उनले बताए । सबै रकम उठ्ने बताउँदै अध्यक्ष तितुङले प्रतियोगीतामा स्थानीयतहले दिने रकम उठेमा क्लबलाई राम्रै आम्दानी हुन सक्ने उनले बताएका थिए ।

आय व्यय सार्वजनिक कार्यक्रममा नेपाल पत्रकार महासंघ मकवानपुरका अध्यक्ष मणिराज गौतम,क्लबका प्रथम उपाध्यक्ष विरेन्द्र खत्री, द्धितीय उपाध्यक्ष गोकुलनाथ पौडेल,कोषाध्यक्ष नवराज तितुङ,सहकोषाध्यक्ष रोहित सिलवाल, कार्यसमिति सदस्य रुपक चौलागाई लगाएत संचारकर्मीहरुको सहभागीता रहेको थियो । प्रतियोगीताको दोश्रो संस्करणको आवश्यक तयारी भइरहेको समेत उपाध्यक्ष खत्रीले बताएका छन् ।