हेटौंडा । १८ वर्ष सम्म सुस्ताएको हेटाै‌डा –६ चौघडामा रहेको चर्चित नवजीवन ज्योति क्लवले शनिवार नयाँ कार्यसमिति पाएको छ ।

शनिवार चौघडामा भएको विशेष साधारणसभाले पूर्व वडा सदस्य एवम सामाजिक अभियन्ता राजकुमार बास्तोलालाई सर्वसम्मत अध्यक्ष निर्वाचित गरेपछि क्लवले पुर्नजीवन पाएको हो ।

समितिको सदस्यहरुमा जनकराज शर्मा, बुद्धरत्न मानन्धर, राजकुमार फुयाँल, शोभा घिमिरे,हरेराम राई, ईश्वर राना मगर, राजकुमार श्रेष्ठ, सुर्दशन थापा, दीपक सापकोटा, राजेश पौडेल र पदेन सदस्यमा श्रीराम पुडासैनी रहेका छन ।

हेटौडा–६ का वडा अध्यक्ष विष्णु बहादुर दाहालको प्रमुख आतिथ्यता एवम क्लबका अध्यक्ष श्रीराम पुडासैनीको सभाध्यक्षतामा कार्यक्रम भएको थियो ।

कार्यक्रममा क्लबका पूर्व अध्यक्ष विजय कुमार श्रेष्ठ, गणेश कुमार श्रेष्ठ, श्याम प्रसाद श्रेष्ठ, पूर्व सचिव उज्जवल चौलागाई लगायतको उपस्थिति रहेको थियो ।

नवनिर्वाचित अध्यक्ष बास्तोलाले एक वर्षभित्र चौघडामा क्लबको भवन बनाउने प्रतिवद्धता व्यक्त गरे । प्लाष्टिक विरुद्धको सुईरो अभियान सञ्चालन गरि देशैभरी ख्याति कमाएको यो क्लवले राष्ट्रिय स्तरको पुरस्कार प्राप्त गरेको थियो ।

भीमसेन पौडेल
थप जानकारी