हेटौंडा । पूर्वी मकवानपुरको बागमती गाउँपालिकामा जग्गाधनी प्रमाण पुर्जा (लालपुर्जा) बाड्न सुरु गरिएको छ । आज बागमती गाउँपालिका वडा नं. ४ का २८ जना र वडा नं. ५ का २ जना सहित ३० जना भुमिहिन सुकुम्बासीलाई लालपुर्जा वितरण गरिएको हो ।

बागमती गाउँपालिका अध्यक्ष सर्केश घलानको सभाध्यक्षता तथा बागमती प्रदेशकी सामाजिक विकास मन्त्री कुमारी मोक्तानको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको थियो । कार्यक्रममा बोल्दै प्रमुख अतिथी मोक्तानले निमुखा जनताको लागि राजनीतिमा लागेका जिकिर गर्दै भुमीहिन सुकुम्बासीलाई पुर्जा दिन पाउँदा खुसी लागेको बताइन् । उनले जनतालाई गरेको बाचा पुरा गर्दै गएको पनि स्मरण गराइन् ।

लालपुर्जा वितरण कार्यक्रममा बोल्दै बिशेष अतिथी बागमती प्रदेश सांसद प्रेम बहादुर पुलामीले मकवानपुरको बागमतीदेखी मनहरीसम्मको समस्या नै जग्गाधनी पुर्जाको रहेको र अब भने उक्त समस्या समाधान हुँदै जाने बताए । स्थानिय सरकार देखी संघसम्मको सहकार्यको परिणामले पुर्जा बितरण सहज भएको उनको भनाई छ । गाऊँ गाऊँमा चुनाबमा गरेका प्रतिबद्धता जनप्रतिनीधिहरुले यस्तै गरी पुरा गर्दै जाने उनले बताए ।

कार्यक्रममा राष्ट्रिय भुमी आयोग मकवानपुरका प्रमुख बिष्णु दाहाल, प्रदेश नीति तथा योजना आयोग बागमती प्रदेशका प्रल्हाद लामिछाने लगायतकाको उपस्थिती रहेको थियो ।

अञ्जली थापा
थप जानकारी