हेटौंडा । मकवानपुरको बकैया गाउँपालिकामा दुग्ध कृषकहरुलाई थुनेलो रोग नियन्त्रण सम्वन्धि अभिमुखीकरण गरिएको छ । बाग्मती प्रदेश दुग्ध विकास बोर्डले स्थलगत रुपमा बकैया गाँउपालिकाको हात्तीसुडेँमा कार्यक्रम आयोजना गरेर थुनोलो रोग सम्वन्धी अभिमुखिकरण गरेको हो ।

दूग्ध उत्पादक कृषकहरु सहित सरोकारवालाहरुको उपस्थिती रहेको कार्यक्रममा किसानहरुको प्रमुख समस्या गाइ भैसीमा लाग्ने थुनेलो रोग भएको हुँदा थुनेलोले दुग्ध उत्पादनमा ह्रास आउने मात्र नभई पशुको मृत्यु समेत हुने गरेको बताइएको थियो । थुनेलो नियन्त्रणका लागि टिट डिप कप, टिटडिप केमिकल किसानहरुलाई हस्तान्तरण गरिएको थियो भने पालिका र हात्तीसुडेँ दुग्ध उत्पादक सहकारी संस्थालाई टि एटी रिएजेन्ट र प्यान्डल वितरण गरिएको थियो ।

बकैया गाउँपालिका उपाध्यक्ष भक्त बहादुर खत्रीको प्रमुख आतिथ्यता तथा दुग्ध विकास बोर्डका निर्देशक डाक्टर सजिना ज्ञवालीको सभाध्यक्षतामा अभिमुखीकरण कार्यक्रम भएको थियो । प्रदेश दुग्ध विकास वोर्डका अधिकृत डाक्टर उमेश थापाले सहजिकरण गरेको कार्यक्रममा कार्यक्रममा हात्तीसुडेँ दुग्ध उत्पादक सहकारी संस्थाका अध्यक्ष तोयानाथ दाहाल, बकैया गाँउपालिका आर्थिक शाखा तथा कृषि अधिकृत अशोक कुमार सिंह, दुग्ध विकास बोर्डका प्राविधिक मोहनकुमार यादव लगायतको सहभागीता थियो ।