काठमाडौं । शेयर बजार निरन्तर उकालो चढिरहेको छ । यसैक्रममा आज पनि बजार दोहोरो अंकले बढेको हो ।

नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) का अनुसार आज बजार १७.५६ अंकले बढेको हो । ०.८६ प्रतिशतले बजार बढ्दा नेप्से परिसूचक २०६३.८३ अंकमा पुगेको छ ।

आज २५३ कम्पनीका ८२ लाख ७१ हजार ३ सय ५५ कित्ता शेयर किनबेच हुँदा २ अर्ब ९६ करोड ९ लाख २७ हजार ४ सय ४०.६७ रुपियाँ बराबरको कारोबार भएको हो ।

आज पनि विभिन्न पाँच कम्पनीको शेयर मूल्य ९ प्रतिशत भन्दा बढी बढेको छ । आज धौलागिरि लघुवित्त, सिर्जनशील लघुवित्त, खप्तड लघुवित्त, अजोड इन्स्योरेन्स र प्रभु इन्स्योरेन्सको शेयर मूल्य क्रमशः १०, १०, ९.९९, ९.९८ र ९ प्रतिशतले बढेको हो । त्यसैगरी एमएमवि फिप्टीका लगानीकर्ताले सबैभन्दा बढी ४.८० प्रतिशतले घाटा व्यहोरेका छन् ।

आज पनि नबिल बैंकको उच्च कारोबार भएको छ । उक्त बैंकको १६ करोड ८४ लाख ५१ हजार २ सय ८२.८० रुपियाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।

साताको पहिलो दिन आइतबार बजार १७.२६ अंकले बढ्दा ४ अर्ब ४ करोड ८८ लाख ७९ हजार ५ सय १०.१९ रुपियाँ बराबरको कारोबार भएको थियो ।