हेटौंडा । हेटौंडा उपमहानगरपालिका वडा नं. १३ का फेन्चु लामा जिल्ला स्तरीय राष्ट्रपति उत्कृष्ट कृषक पुरस्कारबाट सम्मानित तथा पुरस्कृत भएका छन् । लामो समयदेखि कृषि कर्ममा लागेका लामा एक सफल कृषी उद्यमी पनि हुन् । हेटौंडा १३ मा ड्रागन फुड खेती गर्दै आएका लामाले एम.एन.एस. एग्रो प्रालि मार्फत कृषि कर्म गरिरहेका छन् ।

लामा सहित कृषि क्षेत्रमा उत्कृष्ट काम गरे बापत मकवानपुरका अन्य दुई जना किसानहरूलाई राष्ट्रपति उत्कृष्ट कृषक पुरस्कार प्रदान गरिएको थियो । मकवानपुरगढी गाउंपालिका र थाहा नगरपालिकाका किसानहरूलाई भेटेरेनरी अस्पताल तथा पशु सेवा बिज्ञ केन्द्र हेटौंडाले सम्मान गरेको हो ।

मकवानपुरगढीका बाख्रा पालक किसान पी एस पी एग्रो प्रालिका सन्जय नेपाल र थाहा नगरपालिकाका रेन्बो ट्राउट माछा पालक किसान युनिक कृषि फर्मका कृष्णबहादुर मोक्तानलाई पुरस्कृत गरिएको हो । उनीहरुलाई जनहरी नगद २४ हजार सहित कदर पत्र प्रदान गरिएको थियो ।

जिल्ला समन्वय समिति मकवानपुर प्रमुख ललित घलान, भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र हेटौंडा मकवानपुरका निमित्त कार्यालय प्रमुख ब्रज किशोर ठाकुर, पशु विकास अधिकृत डाक्टर आभास कोइरालाले उत्कृष्ट कृषकलाई पुरस्कार तथा कदरपत्र हस्तान्तरण गरेका हुन् ।