हेटौंडा । सामुदायिक वन उपभोक्ता महासंघ, मकवानपुरले हेटौडा–१९ बस्तीपुरमा सामुदायिक वन अधिकार सम्वन्धि जिल्ला स्तरीय नीतिगत छलफलको आयोजना गरिएको छ ।

छलफल कार्यक्रममा सहभागिहरुले सरकारले समय समयमा परिवर्तन गर्ने नीति नियमले सामुदायिक वनको अधिकार माथि अंकुश लगाउने गरेको भन्दै गुनासो गरेका थिए । सामान्य काममा समेत बनले हस्तक्षेप गर्ने गरेको, अनावश्यक दुःख दिने, सहयोग नगर्ने, समयमै विधान तथा कार्ययोजना नवीकरण गर्न नसकेको, प्यान नम्वर लिन समस्या भएको लगायतका गुनासोहरु गरेका थिए ।

महासंघले समय समयमा तालिम, गोष्ठी, भ्रमण, योजना तर्जुमा गोष्ठी लगायतका कामहरु गर्नु पर्नेमा समेत सहभागिहरुले सुझाव दिएका थिए । हेटौडा–१९ का वडा अध्यक्ष नरनाथ सुवेदीको प्रमुख आतिथ्यता एवम फेकोफन मकवानपुरका अध्यक्ष साधुराम चौलागाईको अध्यक्षतामा कार्यक्रम भएको थियो ।

कार्यक्रममा हेटौडा–१९ की वडा सदस्य रिता विक, फेकोफन बागमती प्रदेशका सचिवालय सदस्य, रामहरि चौलागाई, मकवानपुर कोषाध्यक्ष बलराम अधिकारी, स्थानीय महासंघ, हेटौडाका अध्यक्ष शम्भुप्रसाद न्यौपाने, सहजकर्ता सन्ध्या शिवाकोटी, विभिन्न सामुदायिक वनका पदाधिकारीहरु र सञ्चारकर्मीहरुको सहभागिता रहेको थियो ।

भीमसेन पौडेल
थप जानकारी