हेटौंडा । सव डिभिजन वन कार्यालय, हेटौंडाको आयोजनामा हेटौंडामा योजना तर्जुमा गोष्ठीको आयोजना गरिएको छ ।

सव डिभिजन वन कार्यालय, हेटौडाको स्वीकृत वार्षिक कार्यक्रम अनुसार योजना तर्जुमा गोष्ठीको आयोजना गरिएको हो । सामुदायिक वन समूहहरुले वार्षिक गर्ने कार्यहरुको योजना तयार गर्दा ध्यान दिनु पर्ने विषयहरुमा जानकारी दिन गोष्ठीको आयोजना गरिएको हो ।

गोष्ठीमा सव डिभिजन वन कार्यालय, हेटौडाका प्रमुख रामचन्द्र श्रेष्ठ, अधिकृत आश्मा सुवेदी, फरेष्टर यदुकुमार घिमिरे र रानी सामुदायिक वनका कार्यालय सचिव भीमसेन पौडेलले सहजीकरण गरेका थिए ।

गोष्ठीमा वन सदुपयोग, वितरण, नवीकरण, अनुदान, आयआर्जन, वन व्यवस्थापन, सामाजिक कार्यहरुलाई व्यवस्थित किसिमबाट अभिलेखीकरण गर्ने सम्वन्धमा सहभागिहरुलाई जानकारी गराइर्एको थियो ।

सामुदायिक वन उपभोक्ता महासंघ, मकवानपुरका अध्यक्ष साधुराम चौलागाईको अध्यक्षतामा भएको गोष्ठीमा सव डिभिजन वन कार्यालय, हेटौडा अन्तरगत रहेका विभिन्न सामुदायिक वनका पदाधिकारीहरुको सहभागिता रहेको थियो ।

भीमसेन पौडेल
थप जानकारी