हेटौंडा । मकवानपुरको मनहरी गाउँपालिकास्थित पूर्व-पश्चिम राजमार्गअन्तर्गत मनहरीमा ट्याक्टर र स्कुटर एकआपसमा ठोक्किँदा एकजनाको मृत्यु भएको छ।

बिहीबार दिउँसो मनहरी–६ नयाँबस्तीमा मनहरीबाट सुनाचुरीतर्फ आउँदै गरेको ना ३ त २३६८ नम्बरको ट्याक्टर विपरीत दिशाबाट आउँदै गरेको बागमती प्र ०३ ००३ प ५५४२ नम्बरको स्कुटर एकआपसमा ठोक्किँदा स्कुटरचालकको मृत्यु भएको हो।

प्रहरीका अनुसार मृत्यु हुनेमा चितवन खैरहनी–१० बस्ने ३५ वर्षका सुकराज बर्तौला छन्। दुर्घटनामा परी गम्भीर घाइते भएका बर्तौलाको भरतपुर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।

दुर्घटना गराउने ट्याक्टरचालक प्रहरीको नियन्त्रणमा रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिए।