हेटौंडा । बागमतीको लामिटारमा मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते पैदलयात्रुको मृत्यु भएको छ । बिहीबार साँझ धरान चतरा सडकखण्ड अन्तर्गत मकवानपुरको बागमती–७ लामिटारमा मोटरसाइकलले पैदलयात्रुलाई ठक्कर दिदा पैदलयात्रु गम्भीर घाइते भएका थिए ।

बिहीबार साँझ सडक खण्डमा फापरबारीबाट झुरझुरे तर्फ आउदै गरेको बागमती प्रदेश ०३–००३ प ७२०७ नम्बरको मोटरसाइकलले पैदल यात्री सोही स्थान बस्ने अन्दाजी ४६÷४७ बर्षीय सिन्ताङ साईलालाई ठक्कर दिएको थियो । ठक्करबाट गम्भीर घाइते उनको उपचारकको क्रममा भरतपुर स्थित पुरानो मेडिकल कलेजमा शुक्रबार दिउँसो ज्यान गएको मकवानपुर प्रहरीले जनाएको छ ।