हेटौंडा । हेटौंडाका युवा पत्रकार गणेशदर्पण अधिकारीलाई खेलकुद पत्रकारिता पुरस्कार प्रदान गरिएको छ । अधिकारीलाई बागमती गोल्डकपको समापनमा खेलकुद पत्रकारिता पुरस्कार प्रदान गरिएको हो ।

आयोजक बाग्मती खेलकुद विकास समितिले यस वर्षबाट प्रदान गर्न सुरु गरेको खेल पत्रकारिता पुरस्कार अधिकारीलाई प्रदान गरिएको छ ।

उनलाई नगद १५ हजार रुपैयाँसहित सम्मानपत्र प्रदान गरिएको थियो । पत्रकारिताको माध्यमबाट खेल क्षेत्रको विकासमा सघाउ पुर्याएको भन्दै उनलाई पुरस्कार प्रदान गरिएको आयोजक बागमती खेलकुद विकास समिति अध्यक्ष टीकालाल श्रेष्ठले जानकारी दिए ।