हेटौंडा । हेटौंडा–६, चौघडामा रहेको रानी सामुदायिक वन उपभोक्ता समूहले मंगलवार देखि वन व्यवस्थापन शुरु गरेको छ ।

समूहको चालु आव. ०७९/०८० को स्वीकृत वार्षिक कार्यक्रम अनुसार वन ब्ययस्थापन गर्ने कार्य शुरु गरिएको हो । सव डिभिजन वन कार्यालय, हेटौडाका प्रमुख रामचन्द्र श्रेष्ठ र फरेष्टर यदुकुमार घिमिरेले वन व्यवस्थापन गर्ने विधिको बारेमा जानकारी गराउदै उक्त कार्यको शुरुवात गरेका थिए ।

वन ब्यवस्थापन गर्नाले वनको सौन्दर्यतामा वृद्धि हुने, काठको लागि उपयुक्त रुख तैयार हुने, उपभोक्ताहरुको दाउराको माग पूरा गर्न सकिने भएकाले वन समूहले प्रत्येक वर्ष वन व्यवस्थापन गदै आएको वन व्यवस्थापन उपसमितिका संयोजक एव समूहका उपाध्यक्ष केशव धितालले बताए ।

यस वर्ष करिव १५ हेक्टर क्षेत्रफलमा वन व्यवस्थापन गरि ३ सय घरधुरीलाई दाउरा वितरण गर्ने लक्ष्य समूहको छ ।

वन व्यवस्थापन कार्यमा समूहका अध्यक्ष विष्णुप्रसाद न्यौपाने, सदस्य सूर्यप्रसाद दुलाल, अनिता बुढाथोकी, कार्यालय सचिव भीमसेन पौडेल, वनहेरालु हरिचन्द्र सापकोटा लगायतको सहभागिता रहेको छ ।

भीमसेन पौडेल
थप जानकारी