हेटौंडा । उर्जा राज्यमन्त्री दिपक बहादुर सिंहले उर्जा क्षेत्रबाटै मुलुकलाई समृद्ध बनाउन सकिने बताएका छन ।

नेपाल विद्युत प्राधिकरण सञ्चालक समितिले आयोजना गरेको बधाई तथा शुभकामना कार्यक्रममा बोल्दै राज्यमन्त्री सिंहले उर्जा क्षेत्रबाटै मुलुकलाइ समृद्ध बनाउन सकिने बताएका हुन । नेपालमा विद्युत उत्पादनको सम्भावना धेरै भएको र विद्युत ब्यापरबाटै मुलुकले ठूलो फड्को मार्ने उनको भनाई छ ।

शुभकामना तथा स्वागत कार्यक्रमलाई सम्वोधन गर्दै उपप्रधान एवं उर्जा जलश्रोत तथा सिंचाइ मन्त्री राजेन्द्र लिंङदेनले उर्जा क्षेत्र देशकै उत्थान र पतन संग जोडिएको विषय भएको वताए । कर्मचारी वढुवा र सरुवामा आफ्नो ध्यान नभएको स्पष्ट पार्दै उनले उर्जाको बाटोबाट देशलाई माथी उठाउने चाहनामा डटेर लाग्न कर्मचारीलाई निर्देशन समेत दिए ।