हेटौंडा । नेपाल व्यवसायिक बाख्रापालक महासंघ मकवानपुरको सातौं बार्षिक साधारण सभा शुक्रवार हेटौंडामा भएको छ । व्यवसायिक बाख्रापालन नेपालीको शान, मासुमा आत्मनिर्भर हाम्रो अभियान भन्ने मुल नाराका साथ साधारण सभा गरिएको हो ।

पशुपन्छी तथा मत्स्य विकास निर्देशनालयका  प्रमुख ब्रज किशोर ठाकुरको प्रमुख आतिथ्यता तथा नेपाल व्यवसायिक बाख्रापालक महासंघ मकवानपुरका अध्यक्ष झंकनाथ सुवेदी (विवेक) को सभाध्यक्षतामा कार्यक्रम भएको हो ।

साधारणसभामा अध्यक्ष सुवेदीले बार्षिक प्रतिवेदन तथा सचिव बद्री प्रसाद अधिकारीले प्रगति प्रतिवेदन र भावि कार्ययोजना प्रस्तुत गरेका थिए ।

कार्यक्रममा नेपाल व्यवसायिक बाख्रापालक महासंघका केन्द्रीय उपाध्यक्ष तथा बागमती प्रदेश प्रमुख गोविन्द प्रसाद सुवेदी, मकवानपुर उद्योग वाणिज्य संघका बस्तुगत उपाध्यक्ष राजु अधिकारी, बरिष्ठ उपाध्यक्ष अनिल अग्रवाल, कृषि विकास बैक कान्तिराजपथ शाखा प्रबन्धक धु्रव प्रसाद पौडेल लगायतकाले शुभकामना दिएका थिए ।

नेपाल व्यवसायिक बाख्रापालक महासंघ मकवानपुर
सातौं वार्षिक साधारण सभा
मिति २०७९ माघ ६ गते
अध्यक्षको प्रतिवेदन

नेपाल व्यवसायिक बाख्रापालक महासंघ, मकवानपुरको सातौं वार्षिक साधारण सभामा उपस्थित प्रमुख अतिथी ज्यू, अतिथी ज्यूहरु, नेपाल व्यवसायिक बाख्रापालक महासंघ, जिल्ला कार्य समितिका पदाधिकारीज्यूहरु, हाम्रो निमन्त्रणालाई स्वीकार गरी १०ओटै पालिकाबाट पाल्नु भएका पदाधिकारीहरु, विभिन्न संघसंस्थाका प्रतिनिधिज्यूहरु, पत्रकारज्यूहरु, र तमाम कृषि पेशालाई अँगाल्ने एवं माया गर्ने व्यवसायिक सहयात्रीहरु माझमा यस नेपाल व्यवसायीक बाख्रापालक महासंघ, जिल्ला कार्य समिति तथा मेरो व्यक्तिगत तर्फबाट हार्दिक अभिवादन टक्र्याउन चाहन्छु ।
उपस्थित महानुभावहरु ! २०७२ माघ ४ गते नेपाल व्यवसायिक बाख्रापालक महासंघको बिधिवत स्थापना भएता पनि मकवानपुर जिल्ला लागायतका ८ ओटा जिल्ला संघ बाट महासंघ स्थापना भएको हुनाले नेपाल व्यवसायिक बाख्रापालक महासंघ संग मकवानपुर जिल्लाको पृथक सम्बन्ध रहेको छ । यस जिल्ला कार्य समितिले १० ओटै पालिकामा आफ्नो संगठन विस्तारको काम गरेको कुराहरु सर्वविदितै छ । हालसम्म भएका केही निर्णयार्थक कार्यहरु यस प्रकार रहेको छन्ः–
तपसिल
१. मिति २०७८/१२/२१ गते पहिलो बैठक, २०७९/०५/११ गते र २०७९/०९/१३ गते जिल्ला कार्य समितिको बैंठक बसी विभिन्न विषयमा छलफल तथा निर्णयहरु गरियो ।
(क) १० ओटै पालिकामा सदस्यता विस्तार गर्ने निर्णय गरी सदस्यता बिस्तार कार्य सन्चालन गरियो ।
(ख) प्रदेश कृषि तथा पशुपन्छी विकास मन्त्रालयमा खसि–बोका उत्पादनको न्यूनतम लागत मुल्य निर्धारण गराई दिन महासंघको तर्फबाट ध्यानाकर्षण पत्र पठाई पटक पटक सचिव ज्युसंग वार्ता एवं संवाद गरियो ।
(ग) मागपत्र पेश गर्ने सम्बन्धमा सवै पालिकाका वडाहरुमा १ वडा १ पशु प्राविधिक; १ पालिका १ चिकित्सक माग गरिएकोमा अधिकांश पालिकाहरु कार्यान्वयनको पक्षमा रहेका छन् । यसैगरी बीमा सम्बन्धमा निशुल्क र अनिवार्य बीमा कार्यक्रम अगाडी बढाइएकोमा कतिपय पालिकाहरु कार्यन्वयन पक्षमा रहेका छन् ।
(घ) १० ओटै पालिकामा १ पालिका १ खसीबोका संकलन केन्द्र माग गरि गरिएको पहल बमोजिम प्राप्त हुन आएको बागमती प्रदेश सरकारको रु. १५,००,०००।– रकमबाट जिल्ला स्तरीय संकलन केन्द्र हाल हेटौंडा उपमहानगरपालिका वडा नंबर १ मा स्थापना गर्ने अन्तिम चरणमा रहेको छ ।
(ङ) खाद्यसंस्था, जिल्ला प्रशासन कार्यालय र व्यवसायी संघ बसी किसानको उत्पादनमा विचौलियाको अन्त्य गर्न पालिका पालिकामा नै अस्थायी संकलन केन्द्र स्थापना गरी करिब ६ सय खसी बोका खाद्य संस्थालाई विक्री गर्ने काम गरियो ।
(च) बकैया र बागमती गाउँपालिकामा शिखर ईन्स्योरेन्स सँग समन्वय गरि घर दैलो पशु बीमा कार्यक्रम सञ्चालन गरिएको छ ।
(छ) जिल्ला कार्य समिति, प्रदेश समिति र केन्द्रिय समितिको संयुक्त पहलमा ल्ीक्क्ष्ए अनुदानको लिष्टमा छुटेकालाई समावेश गरी करिब ७ करोड रकम थप गर्न लगाइयो जसमा थप ३६ जना ब्यवसायीहरु समेटिएका छन ।
(ञ) भेटेरिनरी अस्पताल तथा विज्ञ केन्द्र, हेटौंडा उपमहानगरपालिका लगायतका कार्यालयमा आ.व. २०७७÷०७८ को सम्पन्न कार्यक्रम र आ.व. २०७८/७९ को वार्षिक कार्यक्रम माग गरियो ।
२. भावि कार्यक्रमहरुः
(क) १ वडा १ प्राविधिक, १ पालिका ल्याव सहित १ चिकित्सक अनिवार्य गर्न अविलम्ब पहल गरिनेछ ।
(ख) १ पालिका १ का“टा सहितको स्थायि संकलन केन्द्र स्थापना गरिनेछ ।
(ग) न्यूनतम लागत मुल्यमा कम्तिमा १० प्रतिशत नाफा राखि किसानको उत्पादन राज्यले नै खरिद गरिदिने वातावरणको सिर्जना गरिने छ ।
(घ) वैदेशिक आयात अन्त्य गर्न अविलम्ब विशेष समिति गठन गरि राज्यको सम्वन्धित निकायस“ग आवश्यक बहस र छलफल गरिनेछ ।
(ङ) नेतृत्व विकास तथा व्यवसायिक तालिमहरु आवश्यकता अनुसार सबै पालिकामा सञ्चालन गरिनेछ ।
(च) बीमामा सबैको पहु“चको लागि निशुल्क बीमाको कार्यक्रम सबै पालिकामा लागु गर्न पहल गरिनेछ ।
उपस्थित महानुभावहरु, यस नेपाल व्यवसायिक बाख्रापालक महासंघ मकवानपुरले हाल सम्म गरेका र भावि योजनाहरुको बारेमा यहा“हरुको उचित सहयोग एवं रचनात्मक सल्लाह र सुझावको अपेक्षा राख्दै म नेपाल व्यवसायिक बाख्रापालक महासंघ मकवानपुरको जिल्ला अध्यक्ष झंकनाथ सुवेदी (विवेक) विदा चाहन्छु ।
जय पशुधन ।

झंकनाथ सुवेदी (विवेक)
अध्यक्ष