हेटौंडा । रत्नेश्वर वंश भट्टराई समाज हेटौंडा मकवानपुरको बार्षिक साधारण सभा तथा वन भोज कार्यक्रम भएको छ । हेटौंडा ६ शन्ति पार्क चौघडामा साधारण सभा तथा वन भोज कार्यक्रम भएको हो ।

साधारण सभामा अध्यक्ष वेदप्रसाद भट्टराईले बार्षिक प्रतिवेदन, कोषाध्यक्ष तेजप्रसाद भट्टराईले आर्थिक प्रतिवेदन तथा सचिव श्याम प्रसाद भट्टराईले प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए ।

त्यस्तै साधारण सभामा जेष्ठ सदस्य पुरुष तर्फ हेटौंडा ६ निवासी ८७ बर्षीय बाबुराम भट्टराई र महिला तर्फ हेटौंडा ४ निवासी ८८ बर्षीय ढक कुमारी भट्टराईलाई सम्मानपत्र सहित सम्मानित गरिएको थियो ।

भट्टराई समाजका जेष्ठ सदस्य ८८ बर्षीय ढककुमारी भट्टराईको प्रमुख आतिथ्यता तथा रत्नेश्वर वंश भट्टराई समाज मकवानपुरका अध्यक्ष वेद प्रसाद भट्टराईको सभाध्यक्षतामा कार्यक्रम भएको हो । कार्यक्रममा गिता न्यौपाने (भट्टराई), प्रविण भट्टराई, रामचन्द्र भट्टराई लगायतकाले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । ओखलढुंगा गाम्नाङ्गटारबाट बसाई सरि मकवानपुरमा आएका भट्टराईहरु संगठित भएका हुन् ।

अध्यक्षमा पुनः वेदप्रसाद भट्टराई सर्वसम्वत चयन
रत्नेश्वर वंश भट्टराई समाज मकवानपुरको अध्यक्षमा तीन बर्षे कार्यकालका लागि पुनः वेदप्रसाद भट्टराई सर्वसम्वत् चयन भएका छन् ।

भट्टराईको अध्यक्षतामा ९ सदस्यीय कार्यसमिति चयन गरिएको हो । समितिको उपाध्यक्षमा बद्री भट्टराई, कोषाध्यक्षमा तेज प्रसाद भट्टराई, सचिवमा श्याम प्रसाद भट्टराई चयन भएका हुन् ।

समितिको सदस्यमा गिता न्यौपाने (भट्टराई), तारा भट्टराई, रेवती भट्टराई, सन्तोष भट्टराई र सिताराम भट्टराई चयन भएका छन् ।

त्यस्तै संस्थाका उपाध्यक्ष बद्री भट्टराईको संयोजकत्वमा ३ सदस्यी ऋण उपसमिति गठन गरिएको छ । समितिको सदस्यहरुमा गोपालचन्द्र भट्टराई र गोपालराज भट्टराई चयन भएका छन् ।