हेटौंडा । जनताले विश्वास गरेको पार्टी नेकपा एमाले भएको नेकपा एमाले केन्द्रीय सदस्य तथा मकवानपुर सहईन्चार्ज कृष्णप्रसाद दाहालले बताए ।

बकैया गाउँपालिका कमिटीको बैठकमा सम्बोधन गर्दै केन्द्रीय सदस्य दाहालले गठबन्धनको बीचबाट संघ र प्रदेशको निर्वाचनमा प्राप्त सिट र समानुपातिकमा पहिलो पार्टी हुनुले जनताको विश्वासको पार्टी पुष्टि भएको दावी गरे । उनले सामाजिक, आर्थिक, साँस्कृतिक परिवर्तनको लागि अबको पार्टी कामको केन्द्रविन्दु बनाउन पर्ने उनको भनाई थियो ।

बैठकमा पार्टी जिल्ला कमिटीका सचिव नवीन सिग्देलले गत निर्वाचनमा नेकपा एमालेको जनमत बलियो रहेकोले अबको आवश्यकता संगठन चुस्त र पद्वतीसंगत संगठन निर्माण र परिचालन गर्नुपर्ने बताए । उनले गाउँको विकास र जनताको समस्या समाधानको नेता एमाले बन्नुपर्ने बताए । गाउँपालिका कमिटीका अध्यक्ष गोपाल दाहालको अध्यक्षतामा बसेको बैठकमा प्रदेश कमिटीका सदस्य पद्मा पौडेल, जिल्ला सचिवालय सदस्य दलबहादुर वाईवा, जिल्ला लेखा समितिका अध्यक्ष शेखर थपलिया, जिल्ला सदस्यहरू बेलप्रसाद दाहाल, राजन दाहाल र निरमाया भोम्जनको उपस्थिति रहेको थियो ।