हेटौंडा । मकवानपुरगढी–५ मा रहेको बुङदल सामुदायिक वनको २७ औं वार्षिक साधारणसभा शनिवार सम्पन्न भएको छ ।

साधारणसभा मकवानपुरगढी–५ का वडा अध्यक्ष दिपेश दाहालको प्रमुख आतिथ्यता समूहका अध्यक्ष चन्द्रप्रसाद दुलालको सभाध्यक्षतामा साधारणसभा भएको थियो ।

साधारणसभामा समूहले गरेका विभिन्न कार्यहरुको प्रचारप्रसार गराई समूहको लोकप्रियता बढाउन महत्वपूर्ण भूमिका निर्वाह गरेकाले सञ्चारकर्मी भीमसेन पौडेल र श्रीराम दाहाललाई सम्मानित गरिएको थियो ।

यसैगरि पूर्व अध्यक्ष ध्रुवप्रसाद अधिकारी र रामकुमार छत्कुली, सामुदायिक वन उपभोक्ता महासंघ, मकवानपुरका कोषाध्यक्ष एवम समूहका सल्लाहकार बलराम अधिकारीलाई पनि सम्मानित गरिएको थियो । भेलामा उत्कृष्ट विद्यार्थीहरु हिराकुमारी दाहाल, सलिना घलान, शिखा दुलाल, श्रीजन दाहाल र विराज गौतमलाई पुरस्कृत गरिएको थियो ।

भेलामा समूहकी सचिव सम्झना दाहालले प्रगति प्रतिवेदन र कोषाध्यक्ष राजेश अधिकारीले आव. ०७८/०७९ को लेखा परिक्षण प्रतिवेदन र चालु आव. ०७९÷०८० को लागि १६ लाख ५ हजारको अनुमानित आयव्यय विवरण पेश गरेका थिए ।

साधारणसभामा सामुदायिक वन उपभोक्ता महासंघ, मकवानपुरका कोषाध्यक्ष बलराम अधिकारी, सव डिभिजन वन कार्यालय, मकवानपुरगढीका प्रमुख डटेन्द्र कुमार गोले, नमूना सामुदायिक वनका अध्यक्ष खडानन्द न्यौपाने, थाकलडाडाँ सामुदायिक वनका अध्यक्ष ईन्द्र बहादुर बस्नेत, समूहका सल्लाहकार यज्ञ प्रसाद तिमल्सिना, उपाध्यक्ष राधिका छत्कुली, सहसचिव बद्रीप्रसाद अधिकारी लगायतको सहभागिता रहेको थियो । ६८.६० हेक्टरमा फैलिएको सामुदायिक वनमा १ सय १० घरधुरी आवद्ध रहेका छन ।

भीमसेन पौडेल
थप जानकारी