काठमाडौं । कालिञ्चोक दर्शन लिमिटेडले माघ ३ गतेदेखि ६ गतेसम्म निष्काशन खुला गरेको साधारण शेयर (आईपीओ) मा  १४ लाख ३२ हजार ८ सय ८१ जनाको आवेदन परेको छ ।

शुक्रबार अन्तिम समयसम्म १ करोड ६६ लाख ८ हजार कित्ताका लागि आवेदन परेको हो ।

कम्पनीले कूल ८ लाख ९६ हजार ४ सय कित्ता साधारण शेयर आईपीओ निष्काशन खुला गरेको थियो । ५४ हजार कित्ता सामुहिक लगानी कोष र कम्पनीका कर्मचारीलाई २१ हजार ६ सय कित्ता शेयर छुट्याएर बाँकी रहेको ८ लाख ९६ हजार ४ सय कित्ताका लागि सर्बसाधारणले आवेदन दिन पाउने व्यवस्था छ ।

सर्वसाधारणका लागि छुट्याइएको आईपीओ ८९ हजार ६ सय ४० जनाले १०–१० कित्ताका दरले पाउने छन् ।

यसअघि कम्पनीले १ लाख २० हजार कित्ता आईपीओ आयोजना प्रभावित र  १ लाख ८ हजार कित्ता शेयर विदेशीमा कार्यरत नेपाली श्रमिक बिक्री गरिसकेको बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङले जनाएको छ ।

दोलखाको सदरमुकाम चरिकोटबाट करिव १७ किलोमिटर उत्तर कालिञ्चोक गाउँपालिकामा ३८४२ मिटरको उचाईमा रहेको कालिञ्चोक भगवती मन्दिरमा कम्पनीले केवलकार संचालन गर्दै आएको छ । केबलबार सञ्चालनपछि दर्शनार्थीहरुलाई सजिलो भएको छ ।