

टोलाई रहन्छु तस्बिर हेरी बल्ल बुझ्दैछु
जब आखाँबाट बग्यो भेरी बल्ल बुझ्दैछु
बैना गर्दैमा घडेरी मेरै हो नभन्नुस दाजु
कन्या केटि न तेरी न मेरी बल्ल बुझ्दैछु
हो ठेस लागेपछि मिल्काएको हुँ पत्थर
मन्दिरमा पो भेटियो फेरी बल्ल बुझ्दैछु
फरक हुँदोरैछ श्रीमती र प्रेमिका मा
टेके पछि तिमिले मझेरी बल्ल बुझ्दैछु
तिर्खा मेट्न कहाँ कहाँ पुगेन लक्ष्मण
गाँउमै पो रहेछ पँधेरी बल्ल बुझ्दैछु
प्रतिक्रिया दिनुहोस्