हेटौंडा । २२ औं सशस्त्र प्रहरी दिवसको अवसरमा आज हेटौंडामा भएको रक्तदान कार्यक्रममा ४१ जनाले रक्तदान गरेका छन् ।

सशस्त्र प्रहरी बल, नेपाल नं. १४ गण हेडक्वाटर मकवानपुरको आयोजना तथा रक्त संचार केन्द्र हेटौंडाको प्राविधिक सहयोग रक्तदान कार्यक्रम भएको हो ।

सशस्त्र प्रहरी बल नेपाल नम्बर १४ गण हेडक्वाटर मकवानपुरका सशस्त्र प्रहरी उपरिक्षक नेत्र बहादुर कार्की सहितकाले रक्तदान गरेका थिए । रक्तदान जिवन दान भन्ने मुल नाराका साथ रक्तदान कार्यक्रम गरिएको थियो ।