हेटौंडा । हेटौंडा उपमहानगरपालिका वडा नं. २ मा रहेको सिद्धार्थ माध्यमिक विद्यालयले बिभिन्न कार्यक्रमको आयोजना गरि ४७ औं बार्षिक उत्सव मनाएको छ । विद्यायलले माघ ५, ६ र ७ गते अतिरिक्त कार्यक्रम सहित समापन कार्यक्रम गरी बार्षिक उत्सव मनाएको हो ।

विद्यालयका प्रधानाध्यापक मोहन प्रसाद शर्माले विद्यालयको प्रगति विवरण प्रस्तुत गरेका थिए साथै कार्यक्रममा विद्यालयले त्रैमासिक रुपमा प्रकाशन गरेको सिद्धार्थ बालबाटिकाको विमोचन गरिएको थियो । कार्यक्रममा गत शैक्षिक सत्रमा विद्यालय संचालन भएको मितिमा सबैभन्दा बढी उपस्थिति हुने शिक्षिका सृजना शर्मा, उत्कृष्ट शिक्षकमा शम्भु घर्ती र विद्यालयकी कर्मचारी लक्ष्मी न्यौपानलेलाई नगद सहित कदरपत्रले सम्मान गरिएको थियो ।

त्यसैगरी कार्यक्रममा २०७८ सालको एसईई परीक्षामा ए प्लस अङ्क प्राप्त भएका बिषयका बिषय शिक्षकहरू अङ्ग्रेजी तर्फ गणेश प्रसाद हुमागाई,ऐच्छिक गणीत तर्फ खेमराज लामिछाने, लेखा तर्फ राम शरण पौडेललाई पनि सम्मानित गरिएको थियो ।

कार्यक्रममा विज्ञान प्रदर्शनी,चित्रकला प्रदर्शनी, दुना टपरी प्रदर्शनी र खाना महोत्सवको आयोजना गरिएको थियो । कक्षा –८ को पेसा विषय अन्तर्गत आयोजना गरिएको खाना महोत्सबमा प्रमुख अतिथी र अतिथिहरूको समेत सहभागिता रहेको थियो ।

हेटौंडा उपमहानगरपालिकाका नगर प्रमुख मिना कुमारी लामाको प्रमुख आतिथ्यतामा तथा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बलराम घिमिरेको सभाध्यक्षतामा कार्यक्रम भएको थियो । समापन कार्यक्रममा हेटौंडा उपमहानगरपालिकाका प्रवक्ता तथा वडा नम्बर १ का वडाअध्यक्ष सविन न्यौपाने, वडा नम्बर २ का वडाअध्यक्ष विष्णु गोपाल महर्जन, हेटौंडा उपमहानगरपालिका प्रमुख प्रशासकीय अधिकृत शिवराज चौलागाई, शिक्षा समन्वय ईकाई मकवानपुरका प्रमुख दिनानाथ गौतम, राष्ट्रिय परीक्षा बोर्डका प्रमुख कृष्ण प्रसाद घिमिरे,हेटौैंडा उपमहानगरपालिका शिक्षा विकास महाशाखा प्रमुख गंगाधर रिमाल, २ नम्बर वडसदस्य सुरज बर्तौला, इन्द्र प्रसाद रिजाल, मैया परियार, विद्यालयका व्यवस्थापन समितिका निवर्तमान अध्यक्ष मधु बजगाई, विद्यालय व्यवस्थापन समिति सदस्यहरु ज्ञानु परियार, रामचन्द्र बर्तौला, पिताम्बर बास्तोला, सरिता दाहाल, लक्ष्मी श्रेष्ठ, जिल्ला समन्वय समिति सदस्य तारा ढुङ्गाना, पुर्व प्रधानाध्यापक, विद्यालयका सहायक प्रधानाध्यापक सागर प्रसाद खतिवडा, राम शरण अधिकारी,दश जोड दुई संयोजक गणेश प्रसाद हुमागाई, मकवानपुर बहुमुखी क्याम्पस प्रमुख डाक्टर शङ्कर प्रसाद उपाध्याय लगायत शिक्षक अभिभावकहरुको सहभागिता रहेको थियो । प्रष्ट खबरबाट