हेटौंडा । मकवानपुरको बागमती गाउँपालिका वडा–३ मा भिरबाट लडेर एक युवतीको मृत्यु भएको छ ।

बागमती गाउँपालिका वडा–३ कुटिभकारी बस्ने मान बहादुर थोकरको छोरी अन्दाजी १८ वर्षया रेखा माया थोकरको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

कुटीभकारी भिरबाट लडी शनिबार बिहान साढे ८ बजेको समयमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । उक्त खबर प्राप्त हुनासाथ प्रहरी राईगाउँ प्रहरी चौकीबाट टोलि खटिएको थियो । घट्ना बारे थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।