हेटौंडा । माघ १६ गते सहिद दिवसको अवसरमा जिल्लास्तरीय खुल्ला कविता प्रतियोगीता हुने भएको छ ।

हेटौंडा उपमहानगरपालिका ४ नं. वडा कार्यालयको आयोजना र श्यामप्रसाद स्मृती प्रतिष्ठान मकवानपुरको व्यवस्थापनमा प्रतियोगीता हुन लागेको ४ नं. वडा अध्यक्ष नवीन सिग्देलले जानकारी दिए ।

प्रतियोगितामा प्रथम ७ हजार ५ सय, द्वितीय ५ हजार ५ सय, तृतीय ३ हजार ५ सय र सान्त्वना दुई जनालाई एकएक हजार राखिएको वडा अध्यक्ष सिग्देलले बताए । साहित्यलाई प्रतिस्पर्धाद्वारा प्रवर्द्वन गर्ने र सहिदको सम्मान र भूमिका स्थापित गर्न कार्यक्रम आयोजना गरिएको वडा अध्यक्ष सिग्देलको भनाई छ ।

कार्यक्रममा जिल्लाभरका ईच्छुक व्यक्ति सहभागी हुन पाउने श्याम प्रसाद प्रतिष्ठान मकवानपुरका सचिव सुभाष गौतमले जानकारी दिए । सहिद विषयमा र शीर्षक स्वच्छिक हुने खुल्ला कविता प्रतियोगीता पशुपती मन्दिर हेटौंडा ४ मा १६ गते ११ः३० बजे शुरू हुने सचिव गौतमले बताए ।