हेटौंडा । बागमती प्रदेशको राजधानी हेटौंडामा भोलिबाट सुरु हुने ‘१० औँ राष्ट्रिय औद्योगिक व्यापार महोत्सव २०७९’ मेलाको तयारी पूरा भएको छ ।

मंगलबार मेला स्थल हेटौंडा १० टिसिएन चौरमा पत्रकार सम्मेलन गर्दै आयोजक मकवानपुर उद्योग वाणिज्य संघले तयारी पूरा भएको र भोलि दिउँसो १ बजे बागमतीका मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले उद्घाटन गर्ने कार्यक्रम तय भएको जानकारी दिएको हो ।

पत्रकार सम्मेलनमा बोल्दै संघका अध्यक्ष कृष्ण गुप्ता अग्रवालले व्यापार महोत्सवमा स्थानीय उत्पादनलाई प्राथमिकता दिइएको बताए । उनले मेलामा कृषि, व्यापार, उद्योग, सूचना प्रविधि, पर्यटन, अटो, होटल लगाएत विभिन्न ३ सय ३७ वटा स्टलहरु रहने बताए । अध्यक्ष गुप्ताले महोत्सवले जिल्लाको कृषि, पर्यटन र व्यापार व्यवसायको विकासमा टेवा पु¥याउने बताए ।

१३ दिने मेलामा २ लाख जनाले अवलोकन गर्ने र २० देखि २५ करोड कारोबार हुने आयोजकको अनुमान रहेको छ ।

महोत्सवमा स्थनाीय तथा राष्ट्रिय कलाकारहरुको विभिन्न मनोरञ्जनात्मक प्रस्तुतिहरु रहने जानकारी दिइएको छ ।

महोत्सवमा गायन तथा नृत्य प्रतिभा प्रोत्साहन तथा प्रवद्र्धनका लागि हेटौंडा आइडल, हेटौंडा डान्सिङ स्टार र दुलही श्रृंगार प्रतियोगिता समेत रहेको छ । तीनै वटा प्रतियोगितामा प्रथम हुने ३०÷३० हजार, द्वतियले २०÷२० हजार र तृतियले १०÷१० हजार र सान्त्वना हुनेले ५÷५ हजार प्राप्त गर्ने बताइएको छ ।

मेला प्रवेशको टिकटदर प्रतिव्यक्ति ५० रुपैयाँ राखिएको र विद्यार्थीलाई ५० प्रतिशत छुट रहेको आयोजकले जनाएको छ ।

मकवानपुर उद्योग वाणिज्य संघले पहिलो पटक २०४२ सालमा औद्योगिक व्यापा मेला गरेको थियो । त्यसैगरि संघले ०४३, ०५३, ०५५, ०५६ सालमा मेला गरेको थियो भने २०६६ सालमा मध्यमाञ्चल औद्योगिक व्यापार मेला तथा ०६८, ०७०, ०७२ र ०७५ मा राष्ट्रिय औद्योगिक व्यापार मेला गरेको थियो ।