हेटौंडा । हेटौंडा उपमहानगरपालिका वडा नं. ५ भैरवरोड स्थित नेपाल विद्युत प्राधिकरणको कार्यालयमा आगलागी भएको छ ।

प्राधिकरण परिसरमा राखिएको ट्रान्र्सफरमरको गोदाममा भिषण आगलागी भएको हो । आगो निभाउने प्रयास भईरहेको छ । नेपाल प्रहरी, नगर प्रहरी र हेटौंडा उपमहानगरपालिकाको दमकलले आगो नियन्त्रणमा लिने काम गरिरहेको छ ।