हेटौंडा । हेटौंडा उपमहानगरपालिकाकी मेयर मीनाकुमारी लामाको कार्यकक्षमै पत्रकार संजिव सुनारमाथि भिडियो खिचेको भन्दै दुव्र्यवहार भएको छ ।

मेयर लामाको सचिवालयका कर्मचारीबाट पत्रकार माथि दुव्र्यवहार भएको हो । वडा ५ संयुक्त युवा क्लबका संयोजक विशालराज महतको टोलीले बिहिबार नगरप्रमुख लामालाई ज्ञापनपत्र बुझाउने क्रममा हेटौंडा उपमहानगरपालिकाको कार्यालय पुगेका पत्रकार सुनारमाथि भिडियो खिच्ने क्रममा मेयरको कार्यकक्षमा सचिवालयका ब्यक्तिबाट दुुब्र्यवहार भएको थियो ।

मकवानपुर जिल्ला फुटबल संघद्वारा आयोजित ‘स्थानीय तह सहिद स्मृति गोल्डकप अन्तराष्ट्रिय फुटबल प्रतियोगिता चौथों सस्करण २०७९’ सञ्चालनमा भएको लाखौं अदृश्य खर्च भएको देखिएपछि सत्यतथ्य छानविनको माग गर्दै उक्त टोलीले ध्यानार्कषण पत्र बुझाएका थियो ।

प्रेस चौतारीको गम्भीर ध्यानाकर्षण
हेटौंडा । हेटौंडाका पत्रकार संजिव सुनारमाथि हेटौंडा उपमहानगरपालिकाकी मेयर मीना कुमारी लामाकै कार्यकक्षमा भएको दुर्व्यवहार घट्नाप्रति प्रेस चौतारी नेपाल मकवानपुर शाखाले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

प्रेस चौतारी नेपाल मकवानपुरका सचिव रुपक कालिराजद्वारा हस्ताक्षरित प्रेस विज्ञप्तीमा सुचना संकलन गर्न जादाँ पत्रकार माथि मेयर लामाको सचिबालयका कर्मचारीले कस्को आदेशले भिडियो खिचिएको भन्दै गरेको दुर्व्यवहार स्वतन्त्र प्रेस माथि अंकुश लगाउन खोज्ने अराजकता भएको उल्लेख छ ।