हेटौंडा । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय हेटौंडाले आयोजना गरेको निबन्ध प्रतियोगितामा रेजा विष्ट प्रथम भएकी छिन् ।

नवदय शिशुसदन हेटौंडा–४ मा अध्ययनरत विष्टले प्रतियोगिताका ९५ प्रतिस्पर्धीलाई पछि पार्दै प्रथम भएकी आयोगका उपसचिव विष्णु प्रसाद सापकोटाले जानकारी दिए ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ३२ औं स्थापना दिवसको अवसरमा आयोजित माध्यमिक तहस्तरीय निबन्ध प्रतियोगितामा १० कक्षामा अध्ययनरत विष्ट प्रथम भएकी हुन् । प्रतियोगितामा काठमाण्डौं मोडेल सेकेण्डरी स्कुलमा कक्षा १२ मा अध्ययनरत आकांक्षा पाण्डे द्वितीय र पोलार स्टार सेकेण्डरी इङ्लिस बोर्डिङ स्कूल भरतपुर–८ चितवनमा कक्षा ११ मा अध्ययनरत आदित्य सापकोटा तृतीय भएका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय हेटौंडाको निबन्ध मुल्याङ्कन समितिको १५ माघमा भएको बैठकको निर्णयबाट नतिजा सार्वजनिक गरिएको उपसचिव सापकोटाले जानकारी दिए । प्रतियोगितामा बागमती प्रदेशका विद्यालयका माध्यसमक तहमा अध्ययनरत बालबालिकाको सहभागिता रहेको थियो ।