हेटौंडा । उर्जा,जलश्रोत तथा सिंचाइ राज्यमन्त्री दिपक बहादुर सिंहले पार्टीको मुल्य मान्यतालाई कुर्सी सँग नसाट्ने बताएका छन ।

पदभार ग्रहण पछि पहिलो पटक मकवानपुर आएका सिंहले आफुले चुनाबको बेला मकवानपुरे जनता सामु गरेको बाचा पुरा गरेर छाड्ने बताए । राप्रपा मकवानपुरले प्रतिनिधि सभा तथा प्रदेश सभामा पार्टीको तर्फबाट गएका मन्त्रीहरुलाई हेटौडामा आयोजना गरेको स्वागत बधाई तथा सम्मान कार्यक्रममा बोल्दै सिंहले मकवानपुर जिल्लाको बिकाशमा सदैब निस्पक्ष भुमिका खेल्ने बताए ।

मकवापुरलाई अध्यारो मुक्त जिल्ला बनाउने पनि उहाँले प्रतिवद्धता ब्यक्त गरे । हिजोनै मकवानपुर आएका सिंहले राप्रपा थाहा नगरकमिटिको आयोजनामा गरिएको बधाई तथा शुभकामना कार्यक्रममा पनि सहभागिता जनाए । मन्त्री सिंहले पालुङ्ग बिद्युत बितरण केन्द्रको पनि अवलोकन गरेका थिए ।