हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी चितवन जिल्ला सभापति धर्मेन्द्र सापकोटाले पार्टी पारित्याग गरेका छन ।

पार्टीभित्र केही व्यक्तिको मनोमानी चलेको राणा शासन जस्तो गरी पार्टीलाई अघि बढाउन खोजेको भन्दै उनले असन्तुष्टि पोख्दै पार्टी पारित्याग गरेका हुन ।

सापकोटाले पार्टीभित्र बोल्ने अधिकार पनि नदिने गरिएको बताए । आम जनताको अभिमतलाई बेवास्ता गरेर पार्टी चलाउन खोजिएकाले आफूले राजीनामा दिएको उनले बताए ।

अब आफू स्वतन्त्र रहने समेत उनले घोषणा गरे । सापकोटाले रवि लामिछानेलाई गत आम निर्वाचनमा चिनवन–२ बाट जिताउन महत्वपूर्ण भूमिका खेलेका थिए । सापकोटा लामिछानेको विश्वास पात्रका रुपमा चिनिएका थिए ।