हेटौंडा । पूर्वी मकवानपुरको बकैया गाउँपालिका वडा नं. ५ मा महिला नेतृत्व विकास सम्बन्धी दुई दिने तालिम सुरु भएको छ ।

प्रभात मावि श्रीपुरको सभाहलमा संचालन भईरहेको तालिममा करिव ६० जना महिलाहरुको सहभागिता रहेको छ । समृद्ध बकैया निर्माणको मूल आधारः स्वास्थ्य, शिक्षा, कृषि र वातावरणमैत्री पूर्वाधार भन्ने मूल नाराका बकैया गाउँपालिका ५ नं. वडाको आयोजनामा कार्यक्रम भएको हो ।

कार्यक्रमलाई सम्बोधन गर्दै ५ नं. वडा अध्यक्ष लक्ष्मी जिम्बाले महिलाहरु चुल्होचौकोमा मात्रै सिमित नभई अब नेतृत्वदायि भूमिकामा आउनुपर्ने बताइन् । उनले महिलाको अवस्थामा सुधार गर्नका लागि नेतृत्व विकास तालिम संचालन गरिएको बताइन् । उनले सम्पूर्ण महिलाहरुलाई आयआर्जन संग जोड्न वडाले बिभिन्न कार्यक्रम ल्याउने बताइन् ।

कार्यक्रममा बकैया गाउँपालिका कार्यपालिका सदस्य लक्ष्मी माझी, लोेकेन्द्र माझी, महिला विकास शाखा प्रमुख होमकुमारी संजेल, प्रभात माविका प्रअ दिपेश देवकोटा, पावस दुग्ध सहकारी संस्थाका अध्यक्ष बद्री पाण्डे लगायतकाले महिला नेतृत्व विकास तालिमले महिलाको क्षमता अभिबृद्धि गर्ने विश्वास व्यक्त गरे । कार्यक्रममा बकैया गाउँपालिकाकी सदस्य ज्ञानीमाया विकले स्वागत मन्तव्य व्यक्त गरेकी थिइन् । दुई दिन सम्म संचालन हुने तालिममा विकास देव योन्जनले प्रशिक्षण दिईरहेका छन् ।

सन्दिप न्यौपाने
थप जानकारी