हेटौंडा । सामुदायिक वन उपभोक्ता महासंघ, मकवानपुरको आयोजना र हेटौडा उपमहानगरपालिकाको आर्थिक सहयोगमा ३ दिने लेखा ब्यवस्थापन तालिम सोमवार देखि हटियामा शुरु भएको छ ।

तालिमको उदघाटन गर्दै हेटौडा–१७ का वडा अध्यक्ष उद्धव सत्यालले आर्थिक पारदर्शीता नै समूहको सम्पति भएकाले समूहको संस्थागत विकासको लागि तालिम उपयोगी हुने बताए । वहाँले वडा कार्यालय वडा भित्र रहेका सबै सामुदायिक वन समूहलाई सक्षम बनाउन लागिपरेको बताए । सामुदायिक वन समूहलाई समूहको लेखा ब्यवस्थित, पारदर्शी र समूहमा सुशासन स्थापित गराउने उद्धेश्यका साथ तालिमको आयोजना गरिएको हो ।

तालिममा बंशगोपाल माविका प्राचार्य रमेश प्रसाद लामिछाने, सामुदायिक वन उपभोक्ता महासंघ, मकवानपुरका कोषाध्यक्ष बलराम अधिकारी र रानी सामुदायिक वनका कार्यालय सचिव भीमसेन पौडेलले सहजीकरण गर्नु भएको छ ।

सामुदायिक वन उपभोक्ता महासंघ, मकवानपुरका अध्यक्ष साधुराम चौलागाईको सभाध्यक्षतामा भएको उदघाट्न कार्यक्रममा हेटौडा उपमहानगरपालिका सामाजिक विकास महाशाखा प्रमुख भीमप्रसाद तिमल्सिना, वन समूहका पदाधिकारी,सञ्चारकर्मी लगायतको उपस्थिति रहेको थियो ।

सव डिभिजन वन कार्यालय, हर्नामाडी अन्तरगत रहेका विभिन्न सामुदायिक वनका अध्यक्ष, उपाध्यक्ष, सचिव, कोषाध्यक्ष, लेखा संयोजक र उपभोक्ताहरु समेत गरि तालिममा ३५ जनाको सहभागिता रहेको छ ।

भीमसेन पौडेल
थप जानकारी