हेटौंडा । मकवानपुरका सरोकारवाला निकायका प्रमुखहरुले निर्माणाधिन काठमाडौं–तराई÷मधेश द्रुतमार्गको अवलोकन गरेका छन् ।

मकवानपुरमा पर्ने दु्रतमार्ग र निर्माणाधिन सुरुङ मार्गको उनीहरुले अवलोकन गरेका हुन् । मकवानपुरको भिमफेदी र बकैया गाउँपालिकामा निर्माणाधिन अवस्थामा रहेको दु्रतमार्ग बारे जिल्लाका सरोकारवाला प्रमुखहरुले अवलोकन गरेका थिए ।

मकवानपुरका प्रमुख जिल्ला अधिकारी राजेन्द्रदेव पाण्डे, जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख ललित घलान, हेटौंडा उपमहानगरपालिकाकी प्रमुख मिना कुमारी लामा, बकैया गाउँपालिका अध्यक्ष धर्मराज लामिछाने, भिमफेदी गाउँपालिका अध्यक्ष हिदम लामा, एसपी बामदेव गौतम लगायतकाको टिमले अवलोकन गरेका हुन् ।