File Photo
file photo

हेटौंडा । मकवानपुर प्रहरी मनहरीबाट लागूऔषध गाँजा सहित दुईजनालाई पक्राउ गरेको छ । प्रहरीले २० केजी गाँजा सहित राक्सिराङ २ बस्ने बर्ष ४३ बर्षीय जगत बहादुर ठोकर र सोही स्थानका ५१ बर्षीय सन्चरी माया स्याङबोलाई पक्राउ गरेको हो ।

शंका लागि चेकजाँच गर्ने क्रममा ठोकर र स्याङबोले बोकेको ब्यागबाट १०÷१० केजी गाँजा बरामद भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिए । लागूऔष गाँजा सहित पक्राउ परेका दुबै जनालाई नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको उनले बताए ।