हेटौंडा । मकवानपुरको मनहरी गाउँपालिका–६ लोथरमा दुई मोटरसाइकल आपसमा ठोक्किँदा एक जना घाइते भएका छन् ।

चितवनबाट मनहरीतर्फ आउँदै गरेको बा.प्र.०३००२ प ४८०८ न.को मोटरसाइकल र ना ३६ प १४१० न.को मोटरसाइकल ठोक्किँदा एक जना घाइते भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

दुर्घटनामा परी सडकमा हिडिरहेकी पैदलयात्री स्थानीय ५५ वर्षीया बिष्णु माया दहाल घाइते भएकी छन् । शरिरको विभिन्न भागमा चोट लागेर घाइते भएकी दहालको उपचारको लागी भरतपुरस्थित पुरानो मेडिकल कलेज पठाएकोको प्रहरीले जनाएको छ । दुबै मोटरसाइकल र चालक प्रहरीको नियन्त्रणमा रहेको छ ।