हेटौंडा । मकवानपुरको मनहरी गाउँपालिकाको मसिनेमा जंगली हात्तीको आक्रमणमा परी घाइते महिलाको मृत्यु भएको छ । सोमबार बिहान करेसाबारीमा काम गर्दै गरेकी मनहरी गाउँपालिका–४, मसिनेकी ६४ वर्षीया राधा अधिकारी हात्तीको आक्रमणबाट घाइते भएकी थिइन् । अधिकारीको उपचारको क्रममा चितवन जिल्लास्थित नयाँ मेडिकल कलेजमा मृत्यु भएको हो ।

हात्तीको आक्रमणपछि आक्रोशित बनेका स्थानीय बासिन्दाले मनहरी–३ मा रहेको पर्सा राष्ट्रिय निकुञ्जको लामिटार पोष्टमा तोडफोड र आगजनी गरेका छन् ।

स्थानीयको तोडफोडका कारण सेनाले सुरक्षा गस्तीका लागि प्रयोग गर्दैआएको गाडी, कार्यालय र गोलघरमा क्षती पुगेको मनहरी गाउँपालिकाका अध्यक्ष रञ्जन कालाखेतीले जानकारी दिनुभएको छ । गएको वर्ष मसिनेमै हात्तीको आक्रमणबाट एक वृद्धाको ज्यान गएको थियो ।