हेटौंडा । हेटौंडामा जारी सहिद स्मृति स्थानीय तह अन्तर्राष्ट्रिय फुटवल प्रतियोगिताको सोमबारको दोस्रो सेमिफाइनलमा हिमालयन शेर्पा क्लब विजयी भएको छ ।

शेर्पाले क्यामरुनि क्लब एभिनियर एफसीलाई पराजित गर्दै फाइनलमा प्रवेश गरेको छ । शेर्पाले एभिनिएरलाई १-० गोलअन्तरले पराजित गरेको हो । शेर्पाको लागि सुनिल श्रेष्ठले एकमात्र निर्णायक गोल ५२ औं मिनेटमा गरेका थिए ।

शेर्पाले फाइनलमा मनाङ मर्स्याङ्दीसंग उपाधिको लागि भिड्ने छ । खेलको म्यान अफ दि म्याच शेर्पाका सुनिल श्रेष्ठ भए । उनले नगद १० हजार प्राप्त गरेका छन । प्रतियोगिताका विजेता र उपविजेताले क्रमशः नगद १५ र १० लाख प्राप्त गर्नेछ ।