हेटौंडा । हेटौंडा उपमहानगरपालिका–५ स्थित पिप्ले क्याम्पा रंगशालामा जारी स्थानीय तह सहित स्मृति मकवानपुर गोल्डकप फुटबल प्रतियोगिताको फाईनल खेल आज हुने भएको छ । फाइनलमा दुई एडिभिजन टोली मनाङ मस्याङ्दी र हिमालयन शेर्पा क्बलबीच प्रतिस्पर्धा हुँदैछ ।

मनाङ र शेर्पाले उपाधिका लागि आज दिउँसो २ बजे भिड्ने खेल तालिका रहेको छ । मकवानपुर गोल्डकपको चार वटा संस्करण सकिदा पहिलो पटक मनाङ र शेर्पा फाइनलमा पुगेको हो । यी दुई टोलीको उपाधि भिड्न्त निकै रोमाञ्चक हुने अनुमान छ । मनाङले सशस्त्र प्रहरीको एपिएफ र शेर्पाले क्यामरुनको एभिनियर एफसीलाई हराउँदै फाइनल यात्रा तय गरेको हो ।