काठमाडौं । आत्मनिर्भर लघुवित्त वित्तीय संस्थाले फागुन ११ गतेदेखि १५ गतेसम्म निष्काशन खुला गरेको आईपीओमा १६ लाख ९ हजार ५ सय ८६ जनाको आवेदन परेको छ ।

लगानीककर्ताहरुले १ अर्ब ७८ करोड ८ लाख रुपियाँ  बराबरको १ करोड ७८ लाख ८ हजार कित्ताका लागि आवेदन दिएको बिक्री प्रबन्धक सनराइज क्यापिटलले जनाएको छ ।

कम्पनीले सर्वसाधारणका लागि १ लाख ६९ हजार ७ सय  ५५ कित्ता आईपीओ निष्काशन खुला गरेको हो । उक्त कम्पनीको आईपीओ १६ हजार ९ सय ७० जनाले १०–१० कित्ता र पाँच जनाले ११–११ कित्ताका दरले पाउने छन् ।

विदेशमा कार्यरत नेपालीहरुका लागि माघ १६ गतेदेखि फागुन १ गतेसम्म २० हजार ३ सय ३८ कित्ता बिक्री खुला गरेको थियो ।

कम्पनीले कूल २ करोड ३ लाख ३८ हजार रुपियाँ बराबरको २ लाख ३ हजार ३ सय ८० कित्ता शेयर निष्काशन बिक्री गर्न लागेको हो । जसमध्ये नेपाली श्रमिकलाई २० हजार ३ सय ३८ कित्ता,  कर्मचारीहरुका लागि ३ हजार १ सय १७ कित्ता र सामुहिक लगानी कोषहरुलाई १० हजार १ सय ७० कित्ता सामुहिक लगानी छुट्याईएको छ ।