एजेन्सी । नाइजेरियामा २४ वर्षपछि भएको राष्ट्रपतीय चुनावको मतगणना सुरु भएको छ । अफ्रिकी देश नाइजेरियामा सन् १९९९ मा सैन्य शासन समाप्त भएपछि पहिलो पटक राष्ट्रपतीय चुनाव भएको हो । यो चुनावलाई विश्वमा निकै कठिन चुनावका रूपमा चर्चा गरिएको छ ।

२० करोड बढी जनसङ्ख्या भएको नाइजेरियामा आठ करोड ७० लाख मतदाता रहेका छन् । शनिवार मतदान सम्पन्न भएपछि हजारौँ मतदान केन्द्रमा मतगणनाको काम अघि बढे पनि अन्तिम परिणाम आउन एक महिनासम्म लाग्न सक्ने अनुमान गरिएको बीबीसीले जनाएको छ । चुनावमा भएका छिटफुट हिंसाका घटनाले मतगणनलाई थप प्रभावित बनाउने अनुमान छ ।

नाइजेरियामा सत्तारूढ अल प्रोग्रेसिभ कांग्रेस र पीडीपी पार्टी मुख्य प्रतिस्पर्धामा छन् । राष्ट्रपति मुहम्मद बुहारीको उत्तराधिकारीका रूपमा लेबर पार्टीका पीटर ओबी चुनावी प्रतिस्पर्धामा छन।

सन् १९६० मा बेलायती उपनिवेशबाट स्वतन्त्र बनेको नाइजेरियामा त्यसयता कयौँ पटक सैन्य ‘कु’ र राजनीतिक धाँदलीका घटना भएका छन् । नाइजेरियाका कैयौँ ठाउँमा अहिले पनि हिंसा चलिरहेको छ ।