

हेटौंडा । ईलाका प्रहरी कार्यालय मनहरीले भान्सा कोठामा लुकाएर राखेको अफिमसहित एक युवकलाई पक्राउ गरेको छ ।
मनहरी-६ का ४० बर्षीय नरमान घिसिङलाई बिहीबार राति ११:४० बजे प्रहरी निरीक्षक कृष्णराज ढकालको कमान्डमा खटिएको टोलीले पक्राउ गरेको प्रहरी नायब उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिए ।
विशेष सूचनाको आधारमा गएको टोलीले घिसिङको घरको भान्सा कोठामा कालो झोलामा प्लास्टिकले बेरी लुकाइ राखेको १ किलोग्राम अफिम फेला पारेको उनले जानकारी दिए ।
घिसिङलाई थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय मनहरीमा राखिएको प्रहरीले छ ।
प्रतिक्रिया दिनुहोस्