हेटौंडा । मकवानपुर प्रहरीले भिमफेदी गाउँपालिका–२ मा लागुऔषध ८ केजी चरेससहित एकजनालाई पक्राउ गरेको छ ।

प्रहरीले मकवानपुर जिल्लाको थाहा नगरपालिका–७ महादेबखर्कका ३१ वर्षीय राजकुमार स्याङ्तानको सुरक्षाजाँच गर्दा लागूऔषध चरेस बरामद गरेको हो ।

स्याङ्तानको साथबाट प्रहरीले ८ केजी लागुऔषध चरेस बरामद गरेको छ । प्रहरीले लागुऔषध चरेससहित स्याङ्तानलाई हिरासतमा राखी अनुसन्धान गरिरहेको बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले जनाएको छ ।