हेटौंडा । मकवानपुर जिल्ला फुटबल संघका अध्यक्ष तथा नेपाली फुटबलका युवा अभियन्ता टिकाराम लामा अखिल नेपाल फुटबल संघ (एन्फा) को फुटसल समिति संयोजकमा मनोनित भएका छन् ।

एन्फाको कार्यसमितिको बैठकले संघको विधान २०७७ संस्करणको धारा (५१) बमोजिम लामालाई फुटसल समिति संयोजकमा मनोनित गरिएको हो ।

लामा एन्फा कै कार्यसमिति सदस्य समेत हुन । केन्द्रदेखि मोफसलसम्मका फुटबल गतिविधीमा आफूलाई निरन्तर चलायमान राखेका लामाकै नेतृत्वमा भर्खरै हेटौडामा स्थानीय तह शहिद स्मृति मकवानपुर गोल्डकप पनि सम्पन्न भएको थियो ।

टिकाराम लामाको संयोजकत्वमा नेपाली फुटसलले विकास र विस्तारको बाटो थप पहिल्याउन सफल हुने विश्वास एन्फाले गरेको पत्रमा उल्लेख छ ।