काठमाडौं । सगरमाथा जलविद्युत कम्पनीले चैत ८ गतेदेखि चैत १२ गतेसम्म सर्वसाधारणका लागि आईपीओ निष्काशन खुला गर्ने भएको छ ।

कम्पनीले ४३ करोड ६८ लाख रुपियाँ बराबरको ४३ लाख ६८ हजार कित्ता आईपीइओ सर्वसाधारणका लागि छुटाएको छ ।

चार लाख ३६ हजार ८०० कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन गरी बाँडफाँट गरिसकेको छ भने २ लाख १८ हजार ४०० कित्ता सेयर सामूहिक लगानी कोषहरुको लागि  र १ लाख ३१ हजार ४० कित्ता कम्पनीका कर्मचारीहरुका लागि सुरक्षित गरिएको छ ।

बाँकी ३५ लाख ८१ हजार ७ सय ६० कित्ताका लागि सर्वसाधारणले आवेदन दिन पाउने बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेडले जनाएको छ ।

सर्वसाधारणका लागि छुट्याइएको उक्त शेयर ३ लाख ५८ हजार १ सय ७६ जनाले १०–१० कित्ताका दरले पाउने छन् ।