हेटौंडा । भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र हेटौंडा मकवानपुरले गाईवस्तुको खुर काट्ने तथा फिक्स गर्ने मेसिन संचालनमा ल्याएको छ ।

पाँचदिनदेखि संचालनमा रहेको मेसिनबाट जिल्लामा रहेका गाईवस्तुको फिक्स मेसिनमा राखेर खुर काटिएको हो । पहिलो दिन ५ वटा गाईबस्तुको खुर काटिएको थियो । मानिसको नङ जस्तै गाई बस्तुको खुर हुने र नियमित हिडहुल गर्ने पशुको खुर नबढेपनि सधैं बाधेर राखिने पशुमा खुर बढेर पशुमा समस्या आएपछि पशुपालक किसानलाई राहत पुगोस भनेर विज्ञ केन्द्रले गाईवस्तु फिक्स गर्ने तथा खुर काट्ने मेसिन सहितको कार्यक्रम संचालन गरेको हो ।

गाई लिफ्टिङ मेसिनबाट हटिया १६ मा पाँच दिनदेखि उठ्न नसनेको गाइलाई उठाएर उपचार समेत गरिएको विज्ञ केन्द्रले जनाएको छ ।