हेटौंडा । छिमेकी मुलुक भारतमा कृषि अवलोकन तथा भ्रमणका लागि बकैया गाउँपालिकाका तर्फबाट गएका टोलीहरुको बिषयमा संचार माध्यमले वास्तविकता भन्दा फरक प्रचारप्रसार गरेको बकैया गाउँपालिका उपाध्यक्ष भक्त बहादुर खत्रीले बताएका छन ।

उनले अनिरुद्र खबर संग कुराकानी गर्दै तथ्य सूचनालाई तोडमोड गरेर आम जनतालाई भ्रम छर्ने काम संचार माध्यमबाट भएको प्रति आपत्ति जनाए । उनले वास्तविकता आम जनसमुदायमा ल्याईदिन संचार माध्यमले रचनात्मक भूमिका खेल्नुपर्ने तथा सहि सूचना संम्प्रेण गरिदिन समेत आग्रह गरे ।

उपाध्यक्ष खत्रीले पालिका अध्यक्ष चुनावमा जाँदा प्रमुख मुद्दाको रुपमा कृषिलाई लिएर गएको र बकैयाका अधिकांश किसानहरुले कृषिलाई नै प्राथमिकतामा राखेर सो एजेण्डालाई मतदान गरेकाले अध्यक्ष ज्यूको कृषि क्रान्तिलाई सफल बनाउन मेरो पूर्ण सहयोग र समर्थन रहने बताउँदै बकैयाको कृषि क्रान्ति अभियान सानातिना अवरोधहरुलाई छिचोल्दै निरन्तर जारी रहने बताए ।