हेटौंडा । मकवानपुरको बकैया गाउँपालिकाले दृष्टिविहिन एक युवालाई ल्यापटप सहयोग गरेको छ । उच्च शिक्षा अध्ययन गर्नका लागि बकैया गाउँपालिका वडा नंं.५, भित्री सुवारा निवासी सुनिल थिङलाई एक थान ल्यापट सहयोग गरिएको हो ।

बकैया गाउँपालिका अध्यक्ष धर्मराज लामिछाने र उपाध्यक्ष भक्त बहादुर खत्रीले संयुक्त रुपमा ल्यापटप हस्तान्तरण गरेका थिए । दृष्टि विहिन थिङलाई आगामी शैक्षिक यात्राको शुभकामना दिर्दै पालिका अध्यक्ष लामिछानेले शैक्षिक सुधारसँगै गरिव र असहाय विद्यार्थीहरुका लागि शैक्षिक सहयोगका कार्यक्रमहरु सञ्चालन गरिरहेको बताए । पढ्ने इच्छा हुँदा हुँदै पनि अपाङ्गता र गरिविले नसकेको गुनासो आएपछि पालिका स्तरबाटै सहयोग गरिएको अध्यक्षले जानकारी दिए ।

त्यस्तै पालिका उपाध्यक्ष खत्रीले गरिव, असाहय तथा समाजमा पछि परेका बर्गका लागि पालिका सधैं साहारा बन्ने बताए । शिक्षा, स्वास्थ्य सबै नागरिकको नैसर्गिक अधिकार भएकाले पालिका स्तरबाट हुन सक्ने सहयोग गर्न आफुहरु सधैं तत्पर रहेको उपाध्यक्ष खत्रीको भनाई छ ।