हेटौंडा । मकवानपुरको मनहरीमा चट्याङ लागेर एक पुरुष घाइते भएका छन् । सोमबार राति बार्षासÞगै परेको चट्याङ लागेर मनहरी–४ मसिनेमा सोही स्थान बस्ने ६२ बर्षीय बम बहादुर थिङ घाइते भएका हुन् ।

उनलाई आफ्नै घर अगाडी आगनमा उभिरहेको अबस्थामा चट्याङ लागेको मकवानपुर प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक टेक बहादुर कार्कीले बताए । उनको हेटौंडा अस्पतालमा उपचार भइरहेको छ ।

चट्याङ लागेर थिङको टाउकाको पछाडीको कापालको भाग जलेको र छातिमा चोट लागेको र स्वास्थ्य अबस्था मध्यम रहेको प्रहरीले जनाएको छ ।