हेटौंडा । चर्चित लोकगायक युवराज छन्त्यालको “नाच्न मन लाउँछ” बोलको गीत सार्वजनिक भएको छ । उनले आफ्नै युट्युव च्यानल मार्फत १२ मिनेट ४९ सेकेन्डको भिडियो सार्वजनिक गरेका हुन । सात समुन्द्र तरेर आको, धेरै पछि माया संग भेट भाको, नाच्न मन लाउँछ… बोलको गीतले वैदेशिक रोजगारमा रहेकाहरुको मर्म र भावनालाई समेटेको छ ।

युवराज छन्त्याल, जमुना राणा र सहिमा श्रेष्ठको स्वर रहेको गीतमा गीत तथा संगीत युवराज छन्त्यालकै रहेको छ । गीतमा नविन श्री, सञ्चिता बोलाखे, अमृत श्रेष्ठ, मुना भुर्तेल र बिनोद महतो एण्ड टिमले अभिनय गरेका छन ।

बाग्लुङका लोकगायक छन्त्यालको यसअघि बाजा बजाउँदै, चाइना तिर जाम, लास्टै टेन्सन भो लगायतका चर्चित सन्देशमुलक गीत सार्वजनिक भईसकेको छ । वैदेशिक रोजगारीको क्रममा एक दशक बढी कतारको राजधानी दोहामा रहेर पनी नेपाल र नेपालीप्रति समर्पित गित गाउँदै आएका छन । लोक गायकका रुपमा आफ्नो पहिचान बनाएका युवराजले नेपाली संस्कृति, बाजा र भेषभुषाको संरक्षणमा जोड दिनुपर्ने तर्क गर्दै आफ्ना गीतहरुमा सो कुराहरुलाई पनि समेटेका छन । रोजगारीको क्रममा उनी हाल कतार एयरवेज गु्रपमा कार्यरत छन ।